मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। साँझतिर वादविवादमा परिने सम्भावना छ। काममा फजुल खर्च पनि बढ्न सक्छ, सजग रहनुहाेला।