मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ। रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। व्यापार बढ्नाले मनग्य अर्थ लाभ हुनेछ।