मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सानाे कामका लागि बढी मेहनत गर्नुपर्ने देखिन्छ। संघर्षले कर्मयोग अघि बढ्नेछ। अरूका लागि रकम र समय खर्चनुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। तर आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ, सजग रहनुहोला।