धादिङ- यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।
काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११: १० बजे दुर्घटनामा परेको हो ।
हालसम्म प्रहरीले ८ वटा शव संकलन गरिसकेको छ । २ महिला र ६ पुरुष गरी ८ जनाको शव फेला परेको छ भने प्रहरीले उद्धार कार्य पनि गरिरहेको छ । हालसम्म १६ जनाको उद्दार गरिएको छ।