फिफा महिला विश्वकपको समूह चरणका अन्तिम खेल आज कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया भिड्ने
फूटबल १८ श्रावण २०८०, बिहीबार १०:२० 82 जनाले पढ़िसके
Spread the love
अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणको अन्तिम २ खेलमात्रै हुने भएका छन् । ३२ राष्ट्र सहभागी यस विश्वकपमा ८ वटा समूह विभाजन गरिएको थियो ।
समूह ‘ए’देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् । आज समूह ‘एच’का दुवै खेल एकै समयमा हुने छन् । दुवै खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरहुने छ । यो समूहमा आज दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बिया आमने सामने हुने छन् । समूह एचमा प्रि क्वाटरफाइनल होड भने रोमाञ्चक बनेको छ ।
कोलम्बिया लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ भने जर्मनी र मोरक्को १ मा जित र १ मा हार व्यहोर्दा ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ । यसैगरी यो समूहमा रहेको दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । कोलम्बियालाई अन्तिम १६ मा प्रवेश गर्न एक अंकमात्रै आवश्यक छ भने पराजित हुँदा जर्मनी र कोरियाको नतिजा कुनुपर्ने छ ।
कोलम्बियाले मोरक्कोलाई बराबरीमा रोक्दा पनि फाइदा पुग्ने छ भने पराजय भोग्दा प्रतियोगिताबाट आउट पनि हुन सक्छ । यसैगरी जर्मनीविरुद्ध दक्षिण अफ्रिका खेल्दै छ । यो खेलमा जर्मनी जित निकाल्दै अन्तिम १६मा स्थान पक्का गर्ने लक्ष्यमा हुँदा दक्षिण कोरिया पनि स्पष्ट जित निकाल्दै तालिकामा ठूलै उलटेफेर गर्ने प्रयासमा हुने छ ।