बैठक सुचारु गराउनको लागि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। तर, छलफलमा सहमति जुट्न सकेको थिएन।
एमालेको अवरोधकै कारण यसअघिको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो।
साउन ३ गत विमानस्थलबाट जाँच पास भएर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागले झण्डै सय किलो सुन बरामद गरेको थियो। उक्त बरामद सुनको सत्य तथ्य छानबिन हुनुपर्ने एमालेको माग छ।