शोकमग्न सानेपा (फोटोमा)

 काँग्रेस     ५ भाद्र २०७९, आईतवार १४:४४     126 जनाले पढ़िसके



Spread the love

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्ष नेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पताल पुगेर पनि नेताहरुले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पार्थिव शरीरमा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखिएको हो । आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थिव शरीर राखिने र त्यसपछि पशुपति आर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ । साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा. प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थिव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरू जाने क्रम चलिरहेको छ ।