इजरायली सेनाको आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमाण्डर कुबैसीको मृत्यु

 संवाददाता    ९ आश्विन २०८१, बुधबार १४:१४     51 जनाले पढ़िसके



Spread the love

एजेन्सी । हिजबुल्लाहका एक वरिष्ठ कमाण्डर इब्राहिम कुबैसीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलबार लेवनानमा गरेको हवाई आक्रमणमा कुबैसीको मृत्यु भएको हो ।

कुबैसी हिजबुललाहको कमाण्डर मध्ये एक मानिन्छन् । उनको लेवनानको दक्षिणी शहर बेरुतमा इजरायली आक्रमणमा मृत्यु भएको हो । यस अघि गत हप्ता हिजबुल्लाहका अर्का इब्राहिम अकिलको पनि इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

इजरायलको सेनाले हिजबुल्लाह विरुद्ध आफ्नो “आक्रामक अपरेसन“ चलाएको छ । गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।

इजरायली आक्रमणमा ४० हजार भन्दा बढी प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहले केही दिन यता इजरायलमाथि रकेटहरुले आक्रमण गरिरहेको छ । तर त्यसलाई इजरानयली सेनाले रोकिरहेको छ ।