रुसको आगामी राष्ट्रपतिका लागि भ्लादिमिर पुटिनले उम्मेदवारी दर्ता गराएका छन्। आगामी १५ देखि १७ मार्चमा हुने निर्वाचनका लागि पुटिनले सोमबार औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका ७१ वर्षीय पुटिन चारपटक राष्ट्रपति निर्वाचनमा विजयी बनिसकेका छन्। उनले विपक्षीहरू करिब अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा पनि काम गरेका थिए।
केन्द्रीय निर्वाचन आयोगका अनुसार पुटिनका साथै उनका बफादार मानिएका दक्षिणपन्थी नेता लियोनिद स्लटस्कीको पनि उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन १५ देखि १७ सम्म अर्थात् तीन दिनसम्म हुनेछ।
क्रेमलिनका आलोचकहरूका अनुसार निर्वाचनले पारदर्शिताको ग्यारेन्टीलाई अझ कठिन बनाउने बताएका छन्। सन् २०२० मा एउटा विवादास्पद संवैधानिक सुधारपछि पुटिन कम्तीमा सन् २०३६ सम्म सत्तामा कायम रहन सक्नेछन्।
अधिकार समूहहरूले विगतका निर्वाचनहरूमा अनियमितता भएको भन्दै स्वतन्त्र पर्यवेक्षकहरूलाई निर्वाचनको अनुगमन गर्न रोक लगाउन सकिने बताएका छन्।
पुटिनले कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्ने अपेक्षा गरिएको छैन। उदारवादी प्रतिद्वन्द्वी बोरिस नादेजदिनले उम्मेदवारका रूपमा दर्ताका गर्नका लागि हस्ताक्षरको थ्रेसहोल्ड (सीमा) पार गरेका छन्। यद्यपि, उनलाई उम्मेदवारका रूपमा अनुमति दिइन्छ वा दिइन्न भन्ने अझै स्पष्ट भएको छैन।