मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूकाे साथ–सहयाेग पाइनेछ। र, दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।