काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सीट बाँडफाँडका लागि निर्णायक वार्ता गर्न सत्ता गठबन्धन बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।
राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सीट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । एमालेले सबै सीटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुंग्याएको हो ।
एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । यसअघि कांग्रेस र माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउन एमालेको सहयोग खोजेका थिए । एमालेले गठबन्धनसँग ६ सीट मागेको थियो ।