सर्लाहीको बरहथवामा गोली चल्यो, एक जनाकाे ज्यान गयाे

 सर्लाही     २० पुष २०८०, शुक्रबार १६:२८     54 जनाले पढ़िसके



Spread the love

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ ।

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको बताएको छ। ।

प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर शाह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भइनसकेको बताएको छ । सर्लाहीको ताजा अवस्था यस्तो छ।