बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेको छ।
यसदिन नेप्से १.६८ प्रतिशतले बढेर २१४१.८७ बिन्दुमा बन्द भएको छ।
बुधबारको करिब १ वर्षयताकै उच्च कारोबार भएको छ। यसदिन बजारमा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रूपैयाँको सेयर कारोबार भएको छ।
यसअघि २०७९ को २६ पुस गते ७ अर्ब २९ करोडको कारोबार भएको थियो। बुधबारको कारोबार भएको रकम त्यसयताकै उच्च हो।
अघिल्लो कारोबार दिन ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रूपैयाँको सेयर कारोबार भएको थियो।मंगलबारको तुलनामा बुधबार कारोबार रकम १ अर्ब रूपैयाँभन्दा धेरैले बढेको हो।
यस दिन ३०६ वटा धितोपत्रको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
बोटलर्स नेपाल बालाजु, हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, लिवर्टी इनर्जी, युनाइटेड इदी मार्दी हाइड्रोपावर, वलेफी हाइड्रोपावर, बिपिडब्ल्यू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
यसैगरी, कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य सर्वाधिक ३.८२ प्रतिशतले घटेको छ।
उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ५५ पैसामा सीमित भएको छ।
यस्तै, नेरुडे लघुवित्तको सेयर मूल्य ३.६५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६६० रूपैयाँ कायम भएको छ।
बुधबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ६१३ रूपैयाँमा ३७ करोड ३४ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०७ रूपैयाँमा २४ करोड ५३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ।
यस्तै, लगानी समूहको परिसूचक ६.९२ प्रतिशतले बढेको छ।