नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि

 गण्डकी प्रदेश     ३ पुष २०८०, मंगलवार १०:२०     62 जनाले पढ़िसके



Spread the love

गण्डकी– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज सुरु हुँदैछ ।

सम्मेलनको केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रमका लागि सभापति देउवालगायत केन्द्रीय नेताहरू पोखरा जाँदै छन् ।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए।

सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने बताइएको छ ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।