काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा सोमबार सबेरैदेखि शतबीज छर्ने क्रम शुरु भएकोको छ।
यसअघि आइतबार साँँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए। त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिब बिहानै नदीमा बत्ती बगाउने परम्परा छ।
चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने जन्ममृत्युको चक्रबाट मुक्त भइने चतुर्वर्ग चिन्तामणि नामक ग्रन्थमा उल्लेख छ।