मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस प्रणाली लागु गरेको जनाएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रणालीमा दर्ता नभएका फोनहरु क्रमश: ब्लक हुने बताए। यो प्रणाली लागु भएसंगै अवैध र गैरकानुनी रुपमा भित्र्याइएका मोबाइलमा कुनैपनि सिमकार्ड चल्ने छैनन् ।
प्राधिकरणले गत कात्तिक ४ गते सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरुलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल दर्ता गर्न आग्रह गरेको थियो । सुरुमा हाइ रेन्जका एक लाख भन्दा महंगा मोबाइल ह्याण्डसेटमा प्रणाली लागु हुने उनको भनाई छ ।