काठमाडौं ।
रिगल ढकालको आममाफीविरुद्ध अनशनरत भारती मानन्धर पत्रकारसम्मेलन स्थलमा नै बेहोस भएकी छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालमा आममाफीको विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोस भएकी हुन् ।
उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए ।
रिगलको आममाफी विरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनले आममाफी विरुद्ध दायर गरेको रिटमा सुनुवाइ भोलि (कात्तिक १४ गते) छ ।