विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज (आश्विन शुक्ल पक्षको द्वादशी) पनि दसैँको टीका लगाउँदैछन्।
बडादसैँको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परंपरा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन्।
टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ।