सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । बाँकेको नेपालगञ्जमा दिउँसै व्यक्तिको हत्या गरेको आरोपमा दोषी ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा बाँकी कैद मिनाह गरेर जेलमुक्त गरिएको थियो ।
राष्ट्रपतिले सरकारको सिफारिसमा कैद मिनाह गरेपछि रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
भारती अनशनमा समेत बसेकी छिन् ।
सर्वोच्चले निवेदकको मागअनुसार किन उत्प्रेसणको आदेश दिनुनपर्ने हो कारण पेस गर्न भनेको छ । साथै सर्वोच्चले भारती शेर्पाको परिवारलाई सुरक्षा दिनसमेत गृह मन्त्रालयलाई आदेश दिएको छ ।
यसरी राष्ट्रपतिले माफी मिनाह दिन मिल्ने वा नमिल्ने भन्ने कानुनी प्रश्नको निरुपणका लागि यो रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने समेत आदेश भएको छ ।