काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आचार्य उपचाररत वीर अस्पताल पुगेर प्रधानमन्त्री दाहालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
हिजो आचार्यको स्वास्थ्यमा आकस्मिक समस्या आएपछि उनलाई अछामबाट थप उपचारको लागि नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो । चिकित्सकहरुले आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएका छन् ।