सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मानवका आधारभूत सूचकहरुको परिपूर्तिका लागि सरकार जिम्मेवार रहेको बताएका छन् । मानव अधिकारको संरक्षण र संवरद्धनमा पत्रकारिताको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले आफु विगतदेखि अहिलेसम्म मानवअधिकारका लागि हरपल लडिरहेको बताए ।
‘मानव अधिकार के हो ? के होइन, भनेर बुझ्दा सूचकहरु आवश्यक छन्,’ शर्माले भने, ‘हिजोआज र भोलिको विषयमा मानव अधिकारको चिन्ता राखिरहेको छु ।’ शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानवअधिकारको रक्षाका गर्न लागि प्रदेश सरकार अग्रसर भइरहेको शर्माले बताए।
भ्रामक समाचारबाट बच्नुपर्ने, जनचासोका विषयमा खोज रिपोर्टिङ्ग गरे पत्रकारिताको भविष्य राम्रो रहेको उनको भनाइ छ ।