काठमाडौं ,राष्ट्रीय जनमोर्चाले एमसीसीको देशव्यापी विरोध गर्ने सिलसिलामा बुधबार काठमाडौको रत्नपार्क शान्तिबाटिकामा कोणसभा आयोजना गरेको छ । कोणसभाका प्रमुख अतिथि पूर्वमन्त्री एवं सांसद चित्र बहादुर केसी थिए । यसैगरी सभालाई सम्बोधन गर्नेहरूमा राष्ट्रीयसभा सदस्य राजेश विक, नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी,जनमोर्चाका सचिव हिमलाल कंडेल, पूर्व सांसद हरि आचार्य, किसान नेता भैरव रेग्मी, विद्यार्थी नेता देवेन्द्र कुंवर थिए । सबै नेताले एमसीसी नेपाल र नेपालीको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्नेमा जोड दिए । उनीहरूले एमसीसीले मुलुकलाई गृहयुद्ध र अधिनायकत्वमा लैजाने बताए । चित्र बहादुर केसीले एमसीसीलाई अमेरिकी षडयन्त्र भएको र यसको भनाई एउटा र गराई अर्कै हुने आरोप लगाए ।