काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीेले राजनीतिमा आउन चाहेमा एमालेले वेलकम गर्ने बताउनु भएको छ ।
एमाले कोशी प्रदेश समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउन चाहे कसैले पनि रोक्न नसक्ने बताउनु भयो ।
‘उहाँले राजनीति गर्छु भन्दा हामी उहाँलाई निषेध गर्दैनौं । उहाँ आएर हाम्रो नेतृत्व गरे ठीक छ । उहाँलाई सधै वेलकम छ,’ अध्यक्ष ओलीले भने ।
पूर्वराष्ट्रपति भण्डारीलाई एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको ओलीले बताए । पार्टीको पूर्वउपाध्यक्ष भएकाले भण्डारीलाई केही नेताले भेट्नु ठूलो कुरा नभएको उनले बताए। फोटो : फाइल