काठमाडौं । दुई दिन उच्च सुधार आएको बजारमा आज ब्रेक लागेको छ । साताको अन्तिम कारोबारको दिन बजार आज राताम्य भएको हो ।
अहिले लगानीकर्ताले लाभांश खानका लागि राम्रो लाभांश क्षमता रहेको र वित्तीय रिपोर्ट सकरात्मक कम्पनी रोजी रहेका छन् । सोहि कारण पनि बजार सकरात्मक दिसा तिर लम्किन सकेको छैन । सबल वित्तीय सूचक भएका, लाभांश क्षमता तुलनात्मकरुपमा उच्च रहेका कम्पनीमा सकेसम्म लामो समय होल्ड गर्ने गरी रहेका छन् ।
बजार आज ३१.५२ अकंले घटेर २०१३.९३ बिन्दुमा बन्द भएको छ । आज २७५ कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।