धनकौल २ का मिटर ब्याजी राम आधार राय

 मिटर ब्याजी     ४ भाद्र २०८०, सोमबार २०:४७     204 जनाले पढ़िसके



Spread the love

राम आधार राय यादवका विरुद्द सर्लाही जिल्ला प्रशासनले उपस्थित हुन जारी गरेको ३ दिने सुचना

सर्लाही , सर्लाही धनकौलका एमाले नेता राम आधार राय नै मिटर ब्याजी रहेको खुलेको छ। उनले एक वृद्द एकल महिला श्याम सकल राणालाई तपाईंको श्रीमानको नाममा मधेशमा ६ कट्ठा जग्गा छ भनि कपाली तमसुक तयार गरि झुक्याएर लेनदेनको कागज बनाई सहिछाप गराई सोही कागजको आधारमा अदालतमा मुद्दा दायर गरि किर्ते ठगी गर्न खोजेको रहस्य खुलेको छ।

उनले वृद्ध महिलाको नाममा रहेको ललितपुरको उनको घरजग्गा हत्याउन उक्त किर्ते लेनदेनको १ करोड ६० लाखको कागज राखी अदालतमा मुद्दा दायर गरि अन्याय गरेको खुलेको छ।

उनले किर्ते कागज तयार गरि अदालतमा दायर गरेको विवरण

सो सम्बन्धमा मिटरब्याज सम्बन्धि सरकारले गठन गरेको आयोगमा उजुरी परेर जिल्लाको आयोगले छलफलका लागि उपस्थित हुने सुचनालाई समेत वास्ता नगरी भागी भागी लुकेर हिंडेको तथ्य बाहिरीएको छ।

उनी धन्कौल वडा नं २ बाट गत स्थानीय निर्वाचनका वडाध्यक्ष समेत रहेको खुलेको छ। उनले निर्वाचनमा जमानत जफत हुनेगरी विजयी उम्मेदवारका विरुद्द जम्मा ६ मत हासिल गरेका थिए। उनको यही व्यवहार र गाँउमा जनतालाई दुख दिएकै कारण उनको जनमत नभएको र त्यति भोट आएको स्थानीयको दाबी छ।

उनी राजनीतिको आडमा आफ्नो मिटर ब्याजको व्यवसाय चलाउने व्यक्तिको रुपमा स्थानीयस्तरमा परिचित रहेको उनकै गाँउका स्थानीयले बताए। उनको पेशा नै यही मिटर ब्याज रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन।

राज्यले यस्ता व्यक्तिलाई खोजतलास गरि कारवाही गर्नुपर्ने स्थानीयहरुको भनाई छ। उनको नाममा पक्राउ आदेश पनि जारी भइसकेको बताइएको छ।