कक्षा १२ को नतिजा सार्वजनिक

 परिक्षाफल     ३० श्रावण २०८०, मंगलवार १८:४५     90 जनाले पढ़िसके



Spread the love
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।
गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको थिए ।
यसरी हेर्नुहोस नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.meb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।