सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ

 सुन काण्ड     ३० श्रावण २०८०, मंगलवार १७:२८     52 जनाले पढ़िसके



Spread the love

काठमाडौ । सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चिनियाँ नागरिकहरु झाओ हुई, जोङ छ्याङ र ताङ जिङलाई आज (मंगलबार) पक्राउ गरेको हो । चीन जान लाग्दा उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । ‘ब्रेक सु’ मा छुट्याएर गालिएको उक्त सुन जोख्दा ६० केजी ७१६ ग्राम भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेर सुन जोखिएको थियो । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।