राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए शपथ

 राष्ट्रिय सभा निर्वाचन     २९ फाल्गुन २०८०, मंगलवार १८:०५     14 जनाले पढ़िसके



Spread the love

मंगलबार मात्रै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका हुन्।

राष्ट्रपतिको कार्यालय महाराजगञ्‍जमा आयोजित एक समारोहबीच दाहालले शपथ लिँदा उच्च पदस्थ व्यक्तित्वहरू पनि उपस्थित थिए।

राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलले साथ दिए।

दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत झरेको थियो।