#दुर्घटना १८ श्रावण २०८०, बिहीबार २१:२८ 86 जनाले पढ़िसके
Spread the love
काठमाडौं : भारी वर्षापछि आएको बाढीका कारण काठमाडौंको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज बागमती किनारमा उनको शव फेला परेको पुष्टि गरे। यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो।
त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उनले बताए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ। फोटो : सांकेतिक