वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा निर्णय नलिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिले केही खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ।