हामी नेताहरु हुनुपर्ने जति इमान्दार बनेका छैनौँ : माधव नेपाल
#नेकपा एकीकृत समाजवादी १६ श्रावण २०८०, मंगलवार १५:२७ 160 जनाले पढ़िसके
Spread the love
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इमान्दारिताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरु बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताए। उनले देश बनाउने भावना जागृत भए मात्रै देश विकास हुने उल्लेख गरे।
उनले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताए। नेपालले कुनै पनि कार्य गर्न इमन्दारिता मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौँ। हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौँ। हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौँ। देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौँ। देशको हितलाई केन्द्रबिन्दुमा राख्यौँ भने देशलाई आँच आयो भने हाम्रो स्वाधिनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीहरुलाई त्यो स्वीकार्य हुँदैन।’ फोटो : फाईल