नेकपा माओवादी १५ श्रावण २०८०, सोमबार ११:१६ 82 जनाले पढ़िसके
Spread the love
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । बुधबारबाट बस्ने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिने निर्णय गरिएको उनले बताए ।
केही दिनअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो ।
माओवादी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको उनले बताए ।