भ्रष्टाचारका अरु पनि फाइल खुल्दै जानेछन् : प्रधानमन्त्री
प्रधानमन्त्री १४ श्रावण २०८०, आईतवार १४:४९ 128 जनाले पढ़िसके
Spread the love
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी र तस्करीविरुद्धको अभियानले जेहाद छेडेरै छाड्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन । निरन्तर अगाडि बढ्नेवाला छ ।’ नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि पनि भ्रष्टाचारविरुद्धको लडाई जित्नैपर्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले अहिलेको यो अभियान कुनै आवेग र राजनीतिक स्टण्टका लागि नभएको समेत प्रष्ट पारे । लाखौँ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आउने दिनमा अरु पनि भ्रष्टाचारका फाइल खुल्दै जाने बताए ।