फिलिपिन्समा डुंगा दुर्घटना, २३ जनाको मृत्यु

 #अन्तरास्ट्रिय #दुर्घटना     १२ श्रावण २०८०, शुक्रबार ०९:४७     122 जनाले पढ़िसके



Spread the love

काठमाडौं : फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा यात्रुवाहक डुंगा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु भएको छ। ४० जनाको सकुशल उद्धार गरिएको छ।

बिहीबार उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि दुर्घटना भएको हो। उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको सिन्ह्वाले जनाएको छ। अझै केही मानिस हराइरहेको बताइएको छ। सात हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन्।

माछा मार्न वा मानिसलाई एक सानो टापुबाट अर्को टापुमा सार्न काठका डुंगा प्रयोग गरिने गरेको छ। प्रत्येक वर्ष समुद्रमा हुने दुर्घटनामा धेरै व्यक्तिको मृत्यु हुने गर्छ।