काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् ।
सरकारको संरक्षणमा सुन तस्करी भइरहेको दाबी गर्दै एमाले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो । अहिले एमाले सांसदहरुले बैठकमा नाराबाजी गरिरहेका छन् । फोटो: फाइल