कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ। विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले आफैंलाई अप्ठ्यारो पर्न सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। आफन्तकाे भरपर्दा काम बिग्रन सक्छ, दिगो योजनामा सहयाेगी चयन गर्न राम्ररी साेचविचार गर्नुहाेला। नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।