इन डेप्थ स्टोरी भन्दै स्टोरी सुनाउने एक युवकले संचालन गरेको इन डेप्थ स्टोरी नामक युट्युब च्यानलनै प्रेस काउन्सिलमा सुचिकृत नै नभई अवैध संचालनमा रहेको खुलेको छ।
जसले इन डेप्थ स्टोरी भन्दै नभएका स्टोरी सुनाउँदै भ्रम छर्दै गरेका छन। हालै मात्र उनले पोडवे ले ठगी गर्न लागेको भन्दै झुटा र भ्रामक कुराहरु सम्प्रेषण गरेर भ्रम छर्ने कोसिस गरेका थिए ।
हामीले यस्तो कुरा आइरहेको छ भन्दा पोडवेका पदाधिकारीले अनभिज्ञता प्रकट गर्दै हामीलाई एउटा प्रश्न पनि नसोधी आफनो मनगणन्ते कुरा राखेर भिडियो प्रसारण गरेको उनीहरुले बताए।
उनीहरुले भने हामी यत्रो अफिस संचालन गरेर सरकारको नीति र कार्यविधी,राइट अफ वे , डिपिआर लगायतका अनुमतिका लागि प्रयासमा रहंदा वहाँहरु भने बजेट हचुवाको भरमा सरकारले हाल्यो, गोथे पारा भन्दै अनेक तल्ला स्तरका शब्द प्रयोग गरिएका भिडियो हाल्दै छन। अझै त्यसमाथी विभिन्न संचार माध्यम लगायतलाई पैसा खर्च गरेको लगायत अनेक आरोप साथै सबै राजनितिक दललाई प्रभावमा पारेको जस्ता आरोप लगाइरहेका छन ।
हामीसंग एउटा प्रश्न पनि गरिएको छैन भनेर अचम्म मानिरहेका छन।
अचम्मको कुरा के छ भने यस्ता अरुका मान मर्दन गरि कथा सुनाउने यिनको च्यानल भने प्रेस काउन्सिलमा दर्ता गरेको पाइएन ।हामीले प्रेस काउन्सिलमा दर्ता र सूचीकरण भएको छ कि छैन भनेर बुझ्दा आजको मिति सम्म उक्त च्यानल दर्ता नभएको जानकारी हामीले पायौं। अरुलाई ठग भन्ने समेतको हिम्मत राख्ने यो च्यानललाई अब हामीले ठग भन्ने कि नभन्ने ?
अरुलाई ठग र मूर्ख भन्नेहरु चाहिँ आफू कुन कुन निकायमा दर्ता भएर संचालन हुनुपर्ने सामान्य ज्ञान पनि नभएका हुन भनेर अरु कसैले भनिदिए के हुने नि ?
गम्भीर प्रश्न उक्त च्यानलमाथी नै उब्जिएको छ ? उनी अरुलाई परिचालित भनिरहेका छन उनीहरु चाहिँ को बाट परिचालित हुन हामी प्रश्न गर्ने कि नगर्ने ?
यिनिहरु चाहिँ दर्ता भएर संचालन हुनुपर्ने कि नपर्ने ?