काठमाडौं पोडवे कम्पनी प्रालिले आज एक विज्ञप्ति प्रकाशित गर्दै आजै मात्र एक इनडेप्थ स्टोरी नामक युट्युब च्यानल र फेसबुक पेजमार्फत प्रसारण गरिएको भिडियो भ्रामक र एकतर्फी विश्लेषण गरिएको जनाएको छ ।
जसमा तथ्यलाई लुकाएर भ्रम सिर्जना गरिएको काठमाडौं पोडवेका उपाध्यक्ष निल भट्टराईले बताए। हामी यहीं थापाथलीमा अफिस संचालन गरेर बसेका छौं। विभिन्न निकाय मिडिया समेतमा खुला बहस भइरहेको परिप्रेक्षमा बिनाकुनै जानकारी तथ्य के हो बुझ्दै नबुझी आफ्नो एकपक्षिय कुरा लादेर भ्रम सृजना गरेको उनले बताए। यस्तो छ विज्ञप्ति”
हालै आजै मात्र प्रकाशित इन डेप्थ स्टोरी नामक एक युट्युब च्यानल तथा फेसबुक पेजमार्फत पोडवे एक ठगी – कसरी सरकार र मिडिया भए मूर्ख भन्ने हेडलाईन बनाई यस संस्थाको भएको वास्तविक कुरालाई उजागर नगरी यस संस्थाले कुनै कल्पना नै नगरेको र नसोचेको कुरा गर्न लाग्यो भन्दै गलत प्रचार गरेको प्रती काठमाडौं पोडवे कम्पनी प्रा.लि. खेद प्रकट गर्दछौं।
काठमाडौँ पोडवे प्रा.लि.ले नेपालमा भित्र्याउन लागेको यातायात प्रविधिबारे इन-डेप्थ स्टोरी (IDS) नामक भिडियोमा गरिएको झुठा आरोप, कपोकल्पित र मानहानीपूर्ण कुराको खण्डन गर्दै यो वक्तव्य जारी गरेका छौं।
भिडियोमा प्रस्तुत सामग्रीहरू झुठा, आधारहीन र भ्रामक छन्, जसले हाम्रो संस्थाको प्रतिष्ठामा गम्भीर क्षति पुर्याउन खोजेको छ। IDS ले कुनै पनि आधिकारिक स्रोत, तथ्य वा प्रमाण बिना हाम्रो कम्पनीमाथि नभएका लान्छनाहरु लगाईएका छन।
हामी उक्त भिडियोमा प्रस्तुत भएका केही तथ्यहीनकुराको खण्डन तल गर्दछौं।
१. प्रविधिको प्रमाणीकरण:
काठमाडौँ पोडवेले नेपालका लागि भित्र्याउन लागेको प्रविधि अन्तर्राष्ट्रिय मान्यता प्राप्त र परीक्षण प्रमाणपत्रसहित रहेको छ। यसले नेपालजस्तो भूगोलमा समेत सुरक्षित र प्रभावकारी यातायात प्रणाली संचालन गर्ने सुनिश्चितता गर्दछ। यदी प्राविधिक रुपमा बहस गर्ने हो भने उक्त भिडियोका प्रस्तोता लगायत अन्य प्राविधिक व्यक्तीहरुलाई हामी खुला चुनौती दिन्छौं।
२. गलत तथ्यहरूको खण्डन:
IDS ले आफ्नो भिडियोमा हाम्रो प्रविधिलाई गलत रूपमा प्रस्तुत गर्दै यसलाई वित्तीय घोटालाको रुपमा चित्रित गरेको छ। यसमा प्रयोग गरिएको तथ्यहरूमध्ये धेरै झुठा छन्, र कुनै पनि स्रोतसहित पुष्टि गरिएको छैन। हाम्रो संस्थाले हालसम्म कोही कसैसंग एक रुपैंया पनि लिएका छैनौं र ३ करोड नेपाली दिने भनेर भनेको शेयर वैधानिक हुन्छ जो धितोपत्र बोर्डमार्फत कारोबार हुन्छ र देशको कानुन बमोजिम हुन्छ।
यस्तै देशका ठुला ठुला पूर्वाधार विज्ञ तथा नेपाल सरकारका उच्च पदस्थ १२ जना पदाधिकारीहरुले यसको चढेर अनुभव गरेको तथ्यको कुनै चर्चानै छैन। यस्तै नेपालका मिडिया समेत झुक्किए भनिएर प्रचार गरिएको छ। देशकै प्रतिष्ठित मिडिया जो आफैं हाम्रो कार्यालयमा आएर छलफल गरेर, कतिपय विज्ञसंग बसेर गरेर निकालेको निष्कर्ष र रिपोर्टहरु कसरी गलत हुन्छन यी मेन्स्ट्रीम मिडिया गलत र इनडेप्थ स्टोरी सही हुनुपर्ने मापदण्ड के ?
३. सरकारसँगको सहकार्य:
काठमाडौँ पोडवेले नेपाल सरकारसँग मिलेर कानूनी र नीतिगत प्रक्रियाहरू पूरा गरी प्रविधि भित्र्याउने काम गरिरहेको छ। हामी नेपाल सरकारका अधिकारीहरुसंग नियमित सम्पर्क र समन्वयमा रहेका छौं। हामी नेपाल सरकारको अनुमती लिएर नै अध्ययन गरि निर्माणको चरणमा प्रवेश गर्छौँ। न कि IDS ले भने जस्तो एकै चोटि निर्माणको चरणमा प्रवेश गर्ने हैन उनले भनेजस्तो उनी इन्जिनियर हुन भने नेपाल विस्तृत अध्ययन नगरी कसरी कुनै पनि संरचना बन्छ। सरकारले छुट्ट्याएको बजेट पनि अध्ययन गर्नका लगी हो न कि निर्माण गर्न। हाम्रो उद्देश्य नेपालका लागि टिकाऊ र आधुनिक यातायात प्रणालीको निर्माण गर्नु हो। हामी नेपालको सार्वजनिक यातायात क्षेत्रमा काम गर्न सरकारसंगको समन्वय नगर्ने हो भने को संग गर्ने त उक्त भिडियोमा भनेका छन यस कम्पनीले सबै कांग्रेस,एमाले,माओवादी र रास्वपा लगायतका पार्टीसंग छलफल गरेको भनिएको छ। ठगी गर्ने नियतको संस्थाले देशकै धेरै जनमत बोकेका राष्ट्रिय पार्टीसंग छलफल गर्नु के गैरकानुनी हो र ? वहाँको भाषामा भनेजस्तै के देशका सबै पार्टीलाई हामीले किन्न सकछौं। सम्बन्धित पार्टीहरुको पनि ध्यानाकर्षण गराउन चाहन्छौं। हामी आफ्नो कार्यालय नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएर स्वतन्त्र रुपमा संचालित छ। जो कोही महानुभावले हाम्रो उद्देश्य र रणनिती बुझ्न कार्यालयमा आएर अथवा घरमै बसेर फोन इमेलमार्फत जानकारी लिन खुला रहेको चुनौती दिन्छौं।
४. कानूनी उपचारको विकल्प
यस प्रकारका कपोकल्पित र आधारहीन आरोपले हाम्रो कम्पनीको प्रतिष्ठा, व्यवसायिक भविष्य र सम्बन्धित साझेदारहरूप्रति गम्भीर असर पुर्याउन सक्नेप्रती हामी उक्त सामग्री प्रकाशकलाई सचेत गराउन चाहन्छौं। हामी IDS र यसका निर्माताहरूलाई ७ दिनभित्र सार्वजनिक रूपमा माफी माग्न र झुठा सामग्री हटाउन औपचारिक अनुरोध गर्दछौं।
यसको पालना नगरेमा, काठमाडौँ पोडवे प्रा.लि. ले विद्यमान कानूनी अधिकार प्रयोग गरी मानहानी र झुठो प्रचारविरुद्ध कानुनी उपचार खोज्न स्वतन्त्र छौं।
हाम्रो प्रतिबद्धता:
काठमाडौँ पोडवे प्रा.लि. नेपालको यातायात क्षेत्रको सुधारका लागि उच्चस्तरीय प्रविधि र अन्तर्राष्ट्रिय विशेषज्ञता प्रयोग गर्न प्रतिबद्ध छ। हामी सबै नेपाली जनतालाई झुठा प्रचारहरूमा नफस्न र सही तथ्यहरूको जानकारी लिन अनुरोध गर्दछौं। हाम्रा सामग्रीहरु हाम्रो फेसबुक पेज र युट्युब च्यानलमा पर्याप्त छन तथा हाम्रो कार्यालय समेत खुला छ।
धन्यवाद।
काठमाडौँ पोडवे प्रा.लि.
सम्पर्क:
निल भट्टराई
उपाध्यक्ष
सम्पर्क – ०१-५९०६६६८