काठमाडौं । संविधान दिवसका अवसरमा सर्वसाधारणका लागि खोलिएको धरहरा सञ्चालनमा आएको दुई महिना पुग्यो । तर, दुई महिनामै धरहराको टुप्पो पुर्याउने लिफ्ट बिग्रिन थालेको छ ।
विनातयारी सरकारको १ सय दिनको काम देखाउने हतारोमा चलाइएको धरहरा लिफ्ट बिग्रेर पछिल्लो दुई दिन बन्द भएको थियो ।
सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा निर्माण विभागका एक अधिकारीका अुनसार धरहरा सञ्चालनकै केही समयमा अनियन्त्रित भीड जाँदा लिफ्टले धान्न नसकेपछि अड्किने गरेको थियो ।
‘धरहरा खुलेपछि ह्वात्तै मान्छे चढ्न थाले, अनियन्त्रित मान्छे चढ्न थालेपछि केही सयम बीच–बीचमा अड्किन थालेको थियो । पछिल्लो दुई दिनदेखि त बन्द नै भयो,’ ती अधिकारीले भने ।