मधेशका बिमलले बनाए हार्मोनियममा वर्ल्ड बुक अफ रेकर्ड, बिश्वमा बिमलको चौतर्फी चर्चा

 संवाददाता    २१ कार्तिक २०८१, बुधबार १८:३७     110 जनाले पढ़िसके



Spread the love

सर्लाही । हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाएपछी सर्लाहीका विमल साहलाई सम्मान गर्ने तथा बधाइ दिने व्यक्तिहरुको ओइरो लागेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १३ श्रीनगर निवासी साहलाई विभिन्न व्यक्ति तथा ठाउँहरुमा सम्मान गर्न निम्तयाउने गरेको भए पनि उनि सँग भने अहिले समय अभाव रहेको छ । साह भन्छन मेरो जन्मथलो जाने प्रवल इच्छा भएपनि समय अभावले जान सकेको छैन ।

मेरो गाउँवासीले बोलाएपनि आफु समय अभावले जान नपाएको र छिटै समय मिलाएर गाउँ जाने उनले बताए । वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनले बिमल साहलाई संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञको रुपमा सम्मानित गरेपछि उनको नेपाल र मधेशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाएका छन्। उनलाई आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका विशिष्ट व्यक्तिहरूले सम्मान गर्दै बधाई समेत दिइसकेका छन ।

जन्मथलो श्रीनगरबाट २०७२ सालमा काठमाडौं कामको लागि पुगेका विमल साह पशुपति छेउमा हार्मोनियम सफा गर्ने गर्थे । ऊनि हार्मोनियममा पेच कस्ने गर्थे र त्यतीबेला कसैले कल्पना सम्म गरेको थिएन कि विमल डाक्टरको उपाधि पाँउछन र विस्व किर्तिमान गर्छन भनेर । आफ्नो लगन र मेहनती कार्यप्रतिको एकाग्रताको कारण नै आज विमल हार्माेनियममा डिजिटल ट्युनिङ गर्दै विश्व किर्तिमान रच्न सफल भएका छन । वि.सं. २०४६ सालमा बुवा सत्यनारायण साह र माता राधिकादेवी साहका सन्तानका रुपमा जन्मिएका विमल भारत , चीन , मलेसिया अस्ट्रेलिया लगायत देशको समेत भ्रमण गरिसकेका छन ।

हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने विमल पहिलो व्यक्ति बनेका छन। विमलको अहिले चौतर्फी चर्चा भइरहेको छ । कलाकारहरुलाई नेपालमा अहिले हार्मोनियम बिग्रँदा सम्झिने पहिलो व्यक्ति विमल नै हुन। उनलाई हार्मोनियमको डाक्टरको रुपमा पनि चिनिन्छ । गायन क्षेत्रका हस्तीहरुको पहिलो रोजाई नै विमल बनेका छन। नेपाल चर्चित संगीतकार शम्भुजीत बाँस्कोटा देखी गायक संगीतकार दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देललगायत नेपाल मा चर्चित गायक गायिकाले विमलबाट हार्माेनियममा ट्युनिङ गराई सकेका छन ।

संगित प्रशिक्षणमा नेपालमै सर्वाधिक चर्चित चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्लेले समेत उनीसँग हार्मोनिङ ट्युनिङ गराउँदै आइरहेका छन । भारतीय कलाकारहरु उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु र अनु मलिक सहितका व्यक्तिहरु पनि आफ्नो हार्मोनीयम ट्युनिङ गरिदिएको अनुभव सुनाउदै विमलले भने , आफ्नो काम ईमानदारी र लगन साथ गरेर यहाँसम्म पुगेको छू । विमलले अगाडि भने, ’सबैले माया गर्नुभएको छ , विस्वाश गर्नु भएको छ । ’उनले भोजपुरीका चर्चित गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका हार्मोनियमसमेत मर्मत गराइसकेको वृतान्त सुनाए ।विमल वर्ल्ड बुक अफ रेकर्डस , लन्डनद्वारा हार्मोनियमको डिजिटल टयुनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रुपमा सम्मानित भएका छन ।

वर्ल्ड रेकर्डमा दर्ज गराई सकेपछि अहिले उनलाई नेपालमा विभिन्न संघसंस्था तथा दलहरुले सम्मान गरिरहेका छन् । उनले नेपालमा हार्मोनियमको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएका छन । उनको आफ्नै विमल नामको हार्मोनियम ब्रान्ड समेत छ । मेहनत गरे सबै सम्भव छ र व्यक्तिलाई महान बनाँउछ भन्ने चरितार्थ गर्ने विमलले काठमाण्डौंमा एउटा सानो हार्मोनियम मर्मत पसल खोलेर व्यवसाय सुरु गरेका थिए। २०७३ मा ३० हजार लगानीमा पशुपतीनाथको नामबाट हार्मोनियम बिक्रि तथा मर्मत पसल खोलेका विमलसँग हाल हार्मोनियम बनाउन कम्तिमा एक महिना पर्खिनुपर्ने हुन्छ । हार्माेनियम सुनेर सुर, बेसुर छुट्याउँने र सुर लगाउने काम समेत उनले गर्दै आइरहेका छन ।