आईसीसी विश्वकप लिग-२ : अन्तिम खेल वर्षाका कारण रद्द

 #नेपाली क्रीकेट     २० कार्तिक २०८१, मंगलवार ०९:३०     110 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ ।

वर्षासँगै आँधिहुरी र चट्याङको सम्भावना बढेपछि दुई टोलीबीचको खेल रद्द गरिएको हो । यस बराबरीसँगै दुबै टिमले १-१ अंक बाढेका छन् । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा स्कटल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।

नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । त्यसपछि खेल पुन सुरु हुन नसक्दा दुवै टिमले अंक बाढेका हुन् । क्यानडामा ओमान र नेपाल सम्मेलित सिरिजमा जितबिहीन रहँदै अंक जोडेको नेपालले अमेरिकामा खेलिएको लिग २ को त्रिकोणात्मक सिरिजमा पनि खास प्रदर्शन गर्न सकेन ।

सिरिजमा अमेरिकासँगका दुवै खेल हारेको नेपालले एक खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो भने सिरिजको अन्तिम खेल रद्द हुन पुग्यो । अमेरिका सिरिजमा नेपालले ३ अंक जोड्यो ।

 

योसँगै नेपालले लिग टूमा १२ खेलमा २ जित र ८ हारसहित ६ अंक जोडेको छ । नेपाल तालिकाको सातौं स्थानमा छ । लिग २ मा अमेरिका १६ अंक सहित शीर्ष स्थानमा छ । क्यानडा पनि समान १६ अंकसहित दोस्रो स्थानमा रहँदा १४ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।