श्रीमानले पेट्रोल खन्याएर आगो लगाँउदा पूर्णकुमारीको मृत्यु

 #अपराध     ६ कार्तिक २०८१, मंगलवार १३:१७     85 जनाले पढ़िसके



Spread the love

विराटगर । श्रीमानले पेट्रोल खन्याएर आगो लगाँउदा उदयपुरमा एक जना महिलाको मृत्यु भएको छ ।

श्रीमानले पेट्रोल खन्याएर आगो लगाँउदा घाइते भएकी बेलका नगरपालिका–८ की ४० वर्षीया पूर्णकुमारी राईको उपचारका क्रममा मृत्यु भएको हो । घरायसी विवादका क्रममा ४८ वर्षीय दानबहादुर राईले असोज २२ गते पेट्रोल खन्याएर आगो लगाएका थिए ।

आगोले जलेर घाइते भएकी पूर्णकुमारीको धरान स्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आगोले शरीरका विभिन्न भाग जलेको थियो । गम्भीर अवस्थाकी पूर्णकुमारीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।

शरीरमा पेट्रोल खन्याएर आगो लगाउने दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ