अमेरिकासंगको सिरिजमा नेपालको क्लिनस्वीप, अन्तिम खेलमा ८ विकेटले विजयी

 #नेपाली क्रीकेट     ५ कार्तिक २०८१, सोमबार ११:२०     3 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी २० आई सिरिज क्लिनस्वीप गरेको छ । आज सम्पन्न तेस्रो खेलमा ८ विकेटको जित निकाल्दै सिरिज क्लिनस्वीप गरेको हो ।

टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।

अमेरिकाका लागि सैजेता मुक्कामल्लले सर्वाधिक ६८ रन बनाए । मिलिण्डा कुमारले ४३ रन बनाउँदा हरमित सिंहले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ब्याटिङतर्फ नेपालका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए ।

यसअघि नेपालले पहिलो खेलमा १७ रनले जित निकालेको थियो । देस्रो खेल सुपरओभरमा जितेको थियो ।