नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ ।
साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २.४७ अङ्कले बढेर २७४५.३६ को विन्दुमा अडिएको हो ।
दशैं बिदापछिको पहिलो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक ३१.४८ अङ्कले बढेर २६९९.६६ को विन्दुमा अडिएको थियो ।
यस दिन ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार ४३.२२ अङ्कले बढेर २७४२.८८ को विन्दुमा अडिएको थियो ।