मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको ज्यान गयो

 संवाददाता    २६ आश्विन २०८१, शनिबार १९:१०     90 जनाले पढ़िसके



Spread the love

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा आज करेन्ट लागेर दुई जना बालिकाको ज्यान गएको छ । चिसापानीको कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ की सात वर्षीया बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए । फोटो : सांकेतिक