आज २७.३९ अंकले घट्यो नेप्से

 शेयर बजार     २२ आश्विन २०८१, मंगलवार १६:३७     59 जनाले पढ़िसके



Spread the love

यो साता आइतबार र सोमबार लगातार दुई दिन बढेको बजार परिसूचक नेप्से मंगलबार भने २७.३९ अंकले गिरावट भएर २६६३.३२ को बिन्दुमा बन्द भएको छ ।

बजार परिसूचक सँगै कारोबार रकममा पनि गिरावट भएको छ। सोमबार ७ अर्बको कारोबार भएको बजारमा मंगलबार कारोबार घटेर साढे ४ अर्बमा झरेको छ। ४५ हजार ८७० वटा कारोबारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारको कारोबार भएको छ।

मंगलबार म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ। वित्त कम्पनी उपसूचक सर्वाधिक २.७६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.९३ प्रतिशतले गिरावट भएको छ। यस्तै बैंकिङ उपसूचक ०.३६ प्रतिशतले गिरावट भएको छ।

मंगलबार नेप्सेमा साढे ४ अर्ब माथिको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको २७ करोड १८ लाखको कारोबार भएको छ। त्यस्तै नेपाल फाइनान्सको २३ करोड ९७ लाखको शेयर किनबेच हुँदा हिमालयन रि–इन्स्योरेन्सको १३ करोड ७७ लाखको कारोबार भएको छ।

मंगलबार नेप्सेमा कुल २४४ सूचीकृत धितोपत्रको किनबेच हुँदा २०७ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ।यस्तै ३५ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ।

मंगलबार कारोबार भएकामध्ये मिड सोलु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ। त्यस्तै बुटवल पावर कम्पनीको ६.८३ प्रतिशत, मान्डु हाइड्रोपावरको ६.३१ प्रतिशतले शेयर मूल्य बढेको हो ।

यता इस्टन हाइड्रोपावरको शेयरमूल्य ८.५० प्रतिशतले गिरावट हुँदा बुद्धभूमि हाइड्रोपावरको ७.२४ प्रतिशत, नेपाल फाइनान्सको ६.९८ प्रतिशत, बोटलर्स नेपाल तराईको ५.८८ प्रतिशत र कालिञ्चोक दर्शनको शेयर मूल्य ५.५ प्रतिशतले गिरावट भएको हो ।