कुबेलामा बाढी र पहिरोको चपेटा, निरीह जनता,रमिते सरकार, कार्यनिती र अनुमती पर्खिरहेको पोडवे

 पोडवे     २१ आश्विन २०८१, सोमबार १०:१३     212 जनाले पढ़िसके



Spread the love

धिरज दाहाल ,अघिल्लो हप्ता नेपालमा शुक्रबारदेखी भएको अविरल बर्षाले देशभरको जनजीवन त अस्तव्यस्त र प्रभावित त बनायो नै त्यो संगसगै धेरै नागरिकले आफ्नो जीवन बाढी र पहिरोमा परेर गुमाए।

जनधनको क्षतिको आंकडा त प्रारम्भिक चरण्मै १७ अर्बको आइसकेको छ। ज्यान गुमाउनेको संख्या यो लेख तयार पार्दा सम्म त २३९ पुगिसकेको छ भने बेपत्ताको संख्या १९ छ भने घाईतेको संख्या १७७ छ।

यस्तै नेपालीको महान चाड बडादशैंको अग्रीम टिकट बुकिङ्ग सुरु हुने २/३ अघिको यो अत्यधिक वर्षाको घटनाले देशभरका राष्ट्रिय राजमार्ग २/३ दिन त पुर्ण प्रभावित भए त्यसपछी केही पहिरो र व्यवधान पन्छाएर सुरु भएका छन भने केही राजमार्ग नेपालथोक- भकुन्डे खण्ड त दशैंअघी संचालनमा ल्याउन कठिनाई हुने अधिकारीहरुले बताईसकेका छन।

यस्तै राजधानीबाट छोटो दुरीमै हेटौंडा पुग्न सकिने अर्को कान्ती लोकपथ पनि बागमती नदीले पुल बगाएपछी उक्त सडक पनि हाल सम्म संचालनमा आउन सकेको छैन।

यस्तै राजधानीबाट छोटो दुरीमा पुगिने दक्षिणकाली कुलेखानी सिस्नेरी सडक समेत संचालनमा आउन सकेको छैन यी त भए राजधानी बाट बाहिरिने सडक अन्य देशभरका पुर्व देखि पश्चिम सिमाना सम्माका अनेकौं सडक अहिले सवारी साधन चलन योग्य छैनन।

झ्याप्लेखोलाको पहिरोमा नै धेरैले ज्यान गुमाउनु पर्यो अहिले सम्म ३९ जनाको शव उक्त पहिरो बाट निकालिसकिएको छ भने अझै केही रहेको आशंकामा खोजीकार्य जारी छ। केही दिन अघिको यो घटनामा उक्त पहिरो नपन्छाउंदै मलेखु खण्डमा पहिरो झरेर बल्लतल्ल सवारी एकतर्फी संचालन भयो।

यस्तै यी सबै समस्या बाट पार नपांउदै नवलपरासी दाउन्ने खण्डमा सडक भासिएर बल्लबल्ल सडक एकतर्फी संचालनमा आयो। फेरि अस्ति राती बाट एकतर्फी संचालन भएको राजमार्ग हिजो बिहान देखि पुर्णरुपले अवरुद्ध भएको समाचारहरु आइरहेको छ र खुल्ने अवरुद्द हुने क्रम चलिरहेको छ।

माथी उल्ल्खित यी सबै घटना नेपालको राष्ट्रिय सडक संजालका प्रतिनिधि घटना त्यो पनि हप्तादिन भित्रका हुन। जसका कारण उक्त सडक भएर चल्ने वा भनौं चलाइने सार्वजनिक यात्रु बाहक सवारी साधन गन्तव्यमा पुगेर फर्किने कुनैं समयको टुंगो भएन जसले गर्दा दशैंको मुखमा घरजान सर्वसाधारणले अग्रिम टिकट लिएर आरामदायी यात्रा गर्ने कुरा अब कल्पना पनि गर्न नसकिने अवस्थामा पुगेको छ। भने यातायात संचालकले पनि समयको टुंगो नभएकाले अग्रीम टिकट बुकिङ्ग रद्द गरेका छन।

यसरी सरसर्ती हेर्दा माथिका घटना विवरणले के बताइरहेको छ भने नेपालको सडक यातायात सुरक्षित र सार्वजनिक यातायात यात्रु मैत्री छैनन। आज राज्यद्दारा निर्मित विविध यातायात माइक्रो रेल, रेल,मेट्रोरेल,सुरुङ्गमार्ग लगायत अन्य विकल्पहरु भएका भए सर्वसाधारणले जोखिमपूर्ण यात्रा र मनोमानी भाडाको सामना गर्नु पर्दैनथ्यो होला।

तर राज्य आंफै परनिर्भर छ यहाँ राज्यले न कुनै यातायात, न कुनै खाद्द सामग्री न कुनै अन्य सेवामा हस्तक्षेप गर्न सक्छ।

यस्तो असुरक्षित र जोखिमपूर्ण यात्रा एकातिर छ। अर्को तिर विगत ५ वर्षदेखि नेपालमा आफ्नो उपस्थिती जनाएर राज्यका विभिन्न निकायमा धाएर हैरान परेको अझ भन्नुपर्दा पारिएको एउटा सार्वजनिक यातायातको क्षेत्रमा काम गर्न तयार माइक्रो रेलमा आधारित पोडवे कम्पनी छ। जो यो ५ वर्षका दौरान कुन चाहिँ सरकार हुँदा आफ्नो कुरा राख्न गएन होला र थाहा नपाएका कुनै सरकार र तिनका मन्त्री,प्रधानमन्त्री नहोलान।

यस्तो सार्वजनिक यातायात र सडकको जर्जर अवस्था छ जहाँ नागरिकले आतंकित भएर कहाँ कतिखेर जीवन गुमाउनुपर्ने हो भन्दै यात्रा गरिरहेका छन त्यहीं काठमाडौं पोडवे सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने, काठमांडौको जाम घटाउन तथा सार्वजनिक यातायातको रुपमा देशभर आफ्नो उपस्थिति जनाउन अब्बल प्रविधी पोडवे जो माईक्रो रेलमा आधारित छ त्यसको निर्माण र संचालन गर्नका लागि चाहिने राइट अफ वे र अनुमती अनि कार्यविधी के-के चाहिन्छन त्यसका लागि कहिले भौतिक योजना मन्त्रालय कहिले शहरी विकास मन्त्रालय चहार्दै विभिन्न तहमा छलफल समेत गर्दै निर्माणका लागि अगाडि बढ्न मेहनत गरिरहेका छन। तर ठोस कुरा केही तयार भैसकेको छैन कहिले के समस्या,कहिले के समस्या।

यस्तो प्रविधी जो आफुलाई सबैकुरामा अब्बल प्रमाणित गर्दै संसारभर पखेटा फिंजाउंदै अगाडि बढ्दैछ। तर यहाँ यश प्रविधिलाई चासोसाथ हेरिदिने न राजनैतिक व्यक्ति कोही भए न कर्मचारीतन्त्रलाई चिन्ता र चासो छ।

यस्तो प्रविधी जसले खुल्ला चुनौतिका साथ अन्य सबै यातायातका साधन भन्दा निर्माण समय,संचालन गर्न सकिने क्षेत्र र संचालन प्रविधी सबै कुरामा हामी अब्बल छौं । यो सबै भन्दा आधुनिक प्रविधी हो भनेर ४ वर्षदेखी यो देशमा हिंड्दा पनि कोही कसैले भन्न सकेन यस्तो जाम छ काठमाडौंमा यो कुनै एउटा रुटमा पाइलट प्रोजेक्टको रुपमा हेरौं न त भन्न।

कसैले भन्न सकेन यो प्रविधी जोखिमपूर्ण यात्रा गर्ने क्षेत्र कर्णालीमा बनाएर हेरौंन। कसैले सोच्न सकेन यसलाई तराईमा अहिले पुर्व पश्चिम रेलमार्ग बनिरहेको क्षेत्रमा त्यसको विकल्प हुन सक्छ भनेर तर यहाँको कर्मचारीतन्त्र भन्न सक्दैनन। पुरानो बढी मूआब्जाको समस्या भएको पुरातन रेल जसको यसपाली त हैन गत वर्ष मूआब्जाका लागि रेल विभागले ३० अर्ब माग गर्दा सरकारले १ अर्ब पनि दिन सकेको थिएन त्यो हिसाबले हाम्रो पूर्व पश्चिम रेल मार्ग कहिले बन्छ ? त्यसको उत्तर भगवान संग पनि छैन होला। तर कोही त्यो पुरानो रेलको विकल्प यो माइक्रो रेल पोडवे बन्छ भन्न हिम्मत गरिरहेका छैनन। उनीहरुलाई थाहा छ अहिले बिस्तार भैइरहेको रेल अरु २० वर्षमा पनि बन्दैन।

मुआब्जा विवाद, भारतीय निर्माणको ढिलासुस्ती अझ केही वर्ष पछि मलाई लाग्छ प्रविधिमा पनि परिवर्तन आदि झमेला थपिने पक्कै छ।

यो सबै देखेर पनि पोडवे निर्माणका लागि साम्भाव्यता अध्ययन,नितिगत सहजता गर्ने तर्फ कसैको ध्यान किन आकृष्ट हुन सकिरहेको छैन ? किन यो प्रविधिको सम्भावना छ छैन त्यसलाई कतै पाइलट प्रोजेक्टको रुपमा हेरौं भन्न सकिरहेका छैनन ?

किन नितिगत सहजता गरेर नेपालकै जनस्तरको लगानीमा निर्माण गरौं भन्ने कसैले पनि सोचिरहेका छैनन ? यतिविघ्न जनताले घर जान सास्ती खेपिरहेको टुलुटुलु हेर्दा विकल्पको रुपमा आएको प्रविधी जांच्न सक्ने कोही प्राविधिक व्यक्ती र निकाय नभएकै हुन त नेपालमा ? प्रधानमन्त्री केपी ओली त रेल ल्याउन कम्मर कसेर केही वर्ष पहिले देखि नै लागेका हुन।

उनको सपना त रेल थियो किन यो आधुनिक रेल प्रविधिमा उनको ध्यान नपुगेको हो या थाहा नपाएका हुन ? कतै उनको सचिवालयका कोही कसैलाई केही जानकारी नभएको त हैन ? यो प्रविधी उपयुक्त लाग्छ भने अगाडि बढाउन पर्यो हैन भने यसका असफल पक्ष केही छन भने बनाउन सकिन्न भन्ने हिम्मत राख्न पर्यो नेतृत्व र कर्मचारीतन्त्रले।

बनाउँ भनेर चीन गएर अर्थमन्त्रीले बोलिसकेका छन। एमालेको पूर्वाधार विभागले प्रधानमन्त्रीलाई सुझाव समेत दिइसकेकै छ। सदनमा महेश बर्तौला,मेटमणि चौधरी लगायत हितराज पाण्डेले समेत बोलिसकेका छन। विभिन्न पूर्वाधार विज्ञले पनि बोलिसकेका छन यसको अध्ययन गर्नुपर्छ भनेर अब ढिलाई के का लागि ? राजपत्रमा समेत यस पूर्वाधारलाई समेटेेर सुचना प्रकाशित भैसकेको छ भने अब किन नबनाउने नत्र यस्तो किसिमको काम गराइले को आएर यहाँ बिकास निर्माण गर्न लगानी लिएर आउँछ।

मैले देखेको यो प्रविधिलाई केही किमि परिक्षण स्तरमा लगेर सफल भए देशका धेरै स्थानमा सार्वजनिक यातायातको पूर्वाधार सुधार गर्न एउटा कोशेढुंगा साबित हुने पक्का छ। यसलाई मौका दिन ढिला भइसकेको छ। यो प्रविधीको अझ विस्तृत कुरा तलको भिडियोले बताउँछ ।