दशैं लागे सँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल

 संवाददाता    १८ आश्विन २०८१, शुक्रबार १७:०३     50 जनाले पढ़िसके



Spread the love

दशैं लागे सँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल बढेको छ ।

काठमाडौं उपत्यकाका मुख्य बजारहरुमा दशैंका लागि किनमेल गर्न उपभोक्ताहरू बाक्लो संख्यामा पुग्न थालेका छन् । यता, व्यापारीहरूले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैं नलागेको बताइरहेका छन् ।

काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको चहलपलह देखिन थालेको छ । तर, उपभोक्ताहरूले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आए सँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए ।

असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका मुख्य बजारमा दशैंका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोच भन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायी तथा व्यापारीहरूले पनि गत वर्षको तुलनामा २० प्रतिशत सम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहुँच भन्दा महँगो भएको स्वीकार गरेका छन् ।

अधिकांश उपभोक्ताहरूले बजार महँगो भएकाले यो वर्षको दशैं महँगो हुने बताए । उनीहरुले मूल्य वृद्धि हुँदा सामान्य वर्गका मानिसहरूले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ ।