१६ महिनादेखि फरार मेयर देवकुमार दिल्लीमा पक्राउ

 संवाददाता    ११ आश्विन २०८१, शुक्रबार २०:१६     7 जनाले पढ़िसके



Spread the love

पोखरा । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना आरोपपछि फरार देवकुमार नेपाली १६ शुक्रबार दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयर समेत हुन् ।

सहकारीको समस्या सिर्जना भइसकेपछि पनि बचत रकम फिर्ता गर्ने सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने १२ माघ ०८० मा रेड नोटिस समेत जारी भएको थियो ।देवकुमारले भने आफ्नो घरजग्गाबाट बचत रकम फिर्ता गर्ने भन्दै भिडियो सन्देश तथन विज्ञप्ति जारी गरिरहे । सहकारीको रकम आफूले घरजग्गामा लगाएको र त्यो बेचेर फिर्ता गर्ने दाबी छ । बागलुङ र पोखराका सहकारी पीडित संघर्ष समितिका पदाधिकारीसँग पनि कानुनी सल्लाहकारमार्फत सम्वाद गरेका थिए ।

सहकारीको कम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समिति बनाएपनि हुलाकबाट पत्र पठाउँदै आफू बचत रकम फिर्ता गर्न तयार रहेको दाबी गरेका थिए ।