ममता काफ्ले प्रकरणमा प्रहरीले माग्यो गुगलसँग नरेशको लोकेशन हिस्ट्री

 संवाददाता    ७ आश्विन २०८१, सोमबार १८:४९     70 जनाले पढ़िसके



Spread the love

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ । अनुसन्धान अधिकृतहरुले अदालतबाट अनुमति लिएर नरेशनको लोकेशन, सर्च हिस्ट्री, अरु कुनै सोसल मिडिया एकाउन्ट लगायतका विवरण माग्दै ‘गुुगल सर्च वारेन्ट’ पठाएका हुन् ।

काटेर ६ पोका बनाएर ममताको शव फालेको दाबीपछि प्रहरीले नरेश भट्ट आवतजावत गरेको हिस्ट्री प्रहरीले मागेको हो । मनसास पार्क प्रहरीले २७ जुलाईदेखि २१ अगस्टको अवधि सम्मको विवरण खोज्दै छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, “जियो लोकेसनको जानकारी अत्यन्त महत्त्वपूर्ण हुन सक्छ । सर्च गरिएका वेबसाइटबाट पनि केही संकेत मिल्न सक्छ ।’’

नरेशका वकिलहरूले ममता जीवित रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका छन् । तर अदालतमा भएको सुनुवाइमा अभियोजकहरूले गुगलबाट आवश्यक विवरणको माग गरिएको जानकारी गराएका थिए ।

ममता हराएको केही समयपछि नरेशले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए, जसले अनुसन्धानलाई थप जटिल बनाएको छ । प्रहरी अब कारको क्यामरा फुटेज र जीपीएस लोकेसन डाटालाई पनि अन्वेषण गर्दैछन् ।

यस घटनामा ममताको हत्या भएको आशंका गरिएको छ । तर हालसम्म उनलाई फेला पार्न सकेको छैन । नरेशलाई हालको अवस्थामा मात्र शरीर लुकाएको अभियोगमा पक्राउ गरिएको छ ।

१५ साउनबाट सम्पर्कविहीन भएकी ममता, र घरमा भारी मात्रामा रगत फेला परेको तथ्यले प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । सुनुवाइका क्रममा अभियोजकहरूले तर्क गरेका छन् ‘कि ममता जीवित छैनन् ।’